× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारतमा कोरोना भाइरस संक्रमण पुन: भयावह बन्दै

    ३ वर्ष पहिले

    पुष-२९, भारतमा कोरोना भाइरस संक्रमण पुन: भयावह बन्दै गएको छ ।भारतमा दैनिक कोरोना संक्रमितको संख्या २ लाख ५० को हाराहारीमा पुगेको छ भने मृत्यु हुनेको संख्या पनि दिनहुँ बढदै गएको छ ।

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ४१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अघिल्लो दिन मंगलबारको भन्दा २७ प्रतिशत बढी हो। बुधबार कोभिड–१९ का कारण ३८० जनाको ज्यान गएको छ।

    हाल भारतमा सक्रिय संक्रमितको संख्या ११ लाखभन्दा बढी छन्। दैनिक संक्रमणदर १३.११ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या पाँच हजार ४८८ पुगेको छ।

    हालसम्म भारतमा तीन करोड ५९ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। कोभिड–१९ का कारण चार लाख ८५ हजारभन्दा बढीको ज्यान गइसकेको छ।