× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३५५३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २७१

    ३ वर्ष पहिले

    पुष-२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ४० हजार ५ सय २२ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ४ सय ९८ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ९ सय २२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४९ लाख ६७ हजार ७ सय ८६ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार ५ सय ४३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ सय ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ७३ हजार ७ सय ९६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १३ हजार ५ सय ३ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ सय ३७ जना रहेको छ।

    २४ घण्टामा २ सय ७१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १५ हजार ३ सय ४७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.६९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय २२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय १० जना र भेन्टिलेटरमा २५ जनाको उपचार भईरहेको छ।