× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बिजुलीको पोल सार्न १ लाख ४० हजार घुस लिने विद्युत् प्राधिकरणका सब–स्टेसन प्रमुख पक्राउ

    ३ वर्ष पहिले

    पुष-२९, बिजुलीको पोल सार्न सेवाग्राहीसँग १ लाख ४० हजार घुस लिदै गर्दा नेपाल विद्युत् प्राधिकरणका सब–स्टेसन प्रमुख पक्राउ परेका छन् ।

    काठमाडौँ ग्रिड महाशाखा सब-स्टेसन पाटन ललितपुरमा कार्यरत सब-स्टेसन प्रमुख सुपरभाइजर सोमप्रसाद पहाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका हुन् ।

    नेपाल बिद्युत् प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग १ लाख ४० हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पहाडीलाई सेवाग्राहीबाट रुपैयाँ लिइसकेको अवस्थामा घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार पक्राउ परेका पहाडी माथि थप अनुसन्धान भइरहेको छ ।