× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ५०८७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३०६

    ३ वर्ष पहिले

    पुष-३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ४५ हजार ६ सय ९ जना पुगेको छ ।

    २४ घण्टामा १३ हजार ४ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार २ सय ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४९ लाख ८१ हजार २ सय ६९ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ७ हजार ८६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय ८३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ८० हजार ८ सय ८२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ३५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १७ हजार २ सय ९१ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ सय ४४ जना रहेको छ।

    २४ घण्टामा ३ सय ६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १५ हजार ६ सय ५३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ११ जना र भेन्टिलेटरमा २५ जनाको उपचार भईरहेको छ।