× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा तिव्र गतिमा फैलिदै कोरोनो,पछिल्लो २४ घण्टामा १ सय ४६ जना संक्रमित थपिए

    ३ वर्ष पहिले

    पुष-३०, चितवनमा पनि तिव्रगतिमा कोरोनो फैलिदै गएको छ।पछिल्लो २४ घण्टामा १ सय ४६ जना सक्रिय संक्रमित थपिएका छन् भने तीन जना संक्रमित मात्रै संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ४ सय ७९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३५ जना र ५६ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको छ।

    जसमध्ये भरतपुर महानगरपालिकाको १ सय १७, खैरहनी नगरपालिकाको ७ , माडी नगरपालिकाको ३, रत्ननगर नगरपालिकाको १३ र राप्ती नगरपालिकाको २, कालिका नगरपालिकाको १ र ईच्छाकामना गाउँपालिकाको ३ गरी जम्मा १ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ४ सय ७० जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ३ सय ७९ , खैरहनी नगरपालिकाको २० , माडी नगरपालिकाको १०, रत्ननगर नगरपालिकाको ३२, राप्ती नगरपालिकाको १३ , कालिका नगरपालिकाको १० र ईच्छाकामना गाउँपालिकाको ६ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये १६ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ४ सय ५४ जना घरको आइसोलेसनमा रहेका छन्।