× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा १ सय ३५ जना संक्रमित थपिए

    ३ वर्ष पहिले

    माघ-१, चितवनमा पछिल्लो २४ घण्टामा १ सय ३५ जना सक्रिय संक्रमित थपिएका छन् भने १० जना संक्रमित मात्रै संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ३ सय ४४ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३२ जना र १६ जनाको एन्टिजेन परिक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको छ।

    जसमध्ये भरतपुर महानगरपालिकाको १ सय २०, खैरहनी नगरपालिकाको ३ , माडी नगरपालिकाको २, रत्ननगर नगरपालिकाको ४ र राप्ती नगरपालिकाको १, कालिका नगरपालिकाको २ र ईच्छाकामना गाउँपालिकाको ३ गरी जम्मा १ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ५ सय ९५ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ४ सय ९५ , खैरहनी नगरपालिकाको २२ , माडी नगरपालिकाको १२, रत्ननगर नगरपालिकाको ३३, राप्ती नगरपालिकाको १२ , कालिका नगरपालिकाको १२ र ईच्छाकामना गाउँपालिकाको ९ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये १८ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ५ सय ७७ जना घरको आइसोलेसनमा रहेका छन्।