× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनका किराना व्यवसायीले अनुगमनको नाममा ब्यवसायी लाई आतंकित पारेको भन्दै माघ २ र ३ गते पसल बन्द गर्ने

    ३ वर्ष पहिले

    माघ-१,किराना व्यवसायी संघ–चितवनले अनुगमनको नाममा ब्यवसायीलाई आतंकित पारेको भन्दै विरोध स्वरुप माघ २ र ३ गते दुई दिन जिल्लाभरका किराना व्यवसाय बन्द गर्ने निर्णय गरेको छ।

    संघले आज (शनिबार) विज्ञप्ती जारी गर्दै अनुगमनको नाममा व्यवसायीलाई चोरी र ज्यानमारा जस्तै गरि धम्कीपूर्ण भाषा प्रयोग गरि व्यवसायीलाई पलायन र आतंकित पार्ने काम प्रशासनले गरेको विरोधमा पसल बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

    विज्ञप्तीमा भनिएको छ–‘जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वले संघमा आवद्ध व्यवसायीलाई अनुगमनको क्रममा विभिन्न बहानामा पहिलो पटकमै ३ लाखसम्म जरिवाना तोक्ने र अर्को दिन ११ बजेभित्रमै जरिवाना नबुझाए प्रहरी पठाएर पक्राउ गर्ने धम्की दिने काम भएको छ, प्रशासनले व्यवसायीलाई आतंकित पार्ने काम गरेकाले माघ २ र ३ गते संस्थामा आवद्ध व्यवसायीहरु विरोध स्वरुप पसल बन्द गर्न बाध्य भएको जानकारी गराउँदछौं ।’

    संघले विज्ञप्ती मार्फत पाँच बुँदे माग समेत राखेको छ । पहिलो पटकको अनुगमनमा नै अधिकतम जरिवाना लगाउन नपाइने, उपभोग्य मिति भएको आयातित वस्तुहरुको मूल्य नभएमा सम्बन्धित निकाय (आयातकर्ता तथा उत्पादक)लाई नै चेकजाँच गरि जरिवाना लगाइनुपर्ने, किराना व्यवसायी कम नाफा राखी सेवा मूलक उद्देश्यका साथ संचालन गरिने व्यवसाय भएकाले प्रशासनले हेर्ने दृष्टिकोण बदल्नुपर्ने, चितवन प्रशासन तथा अन्य सरकारी निकायबाट हुने अनुगमनमा उद्योग वाणिज्य संघ र किराना व्यवसायी संघको प्रतिनिधिलाई समावेश गर्नुपर्ने र उपभोग्य वस्तुमा उपभोग मिति भएको तर मूल्य नभएको वस्तुलाई सम्बन्धित उद्योगलाई नै मूल्य राख्न समय दिनुपर्ने र त्यस्ता उपभोग्य वस्तुलाई जफत गरी नष्ट गर्नुपर्ने माग राखेको छ ।