× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

    ३ वर्ष पहिले

    माघ-२,आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ मनाइदै छ।

    विक्रम संवत् १९९० सालको महाभूकम्पको स्मृतिमा सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

    नेपाललाई भुकम्पका हिसाबमा अत्यन्तै जोखिमपूर्ण रहेको छ।जमिनमुनिको प्रकोप अथवा भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वकै ११ औँ जोखिमयुक्त क्षेत्रमा पर्छ । काठमाडौं सबैभन्दा बढी जोखिमयुक्त शहरको सूचीमा छ ।

    नेपालमा भूकम्पबाट स्कुल तथा अस्पताल बढी असुरक्षित छन् । कमजोर भौतिक संरचना, अव्यवस्थित वस्ती, निर्माण संहिता विपरीतका भवन लगायतका कारणले जोखिम बढाउँदै लगेको विज्ञहरु बताउँछन् ।

    नेपालमा अहिलेसम्म गएका भुकम्प मध्ये संखुवासभाको चैनपुरलाई केन्द्रविन्दु बनाएर १९९० साल माघ २ गते गएको ८ दशमलब ४ म्याग्निच्युटको भुकम्पलाई बिनाशकारी मानिन्छ ।

    बिक्रम सम्बत १२५५ साल पछिका भुकम्पको अभिलेख नेपालमा राख्न सुरु भएको जानकारहरु बताउँछन् । १३१६, १४६५, १५०५, १७३७, १८३३, १८९०, १९९०, २०४५, २०६८ र २०७२ सालका भुकम्पलाई बिनाशकारी मानिन्छ ।