× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनको इच्छाकामनामा माघ ४ गते बुस्टर डोज खोप लगाउन पाइने

    ३ वर्ष पहिले

    माघ-२,चितवनको इच्छाकामनामा माघ ४ गते अग्रपङ्क्तिमा खटिएका सार्वजनिक सेवामा काम गर्नेले कोभिड -१९ विरुद्ध को बुस्टर डोज खोप लगाउन पाउने भएको छ।

    ईच्छाकामना गाउँपालिकाले आज आइतबार जारी गरेको सुचनामा जिल्ला कोभिड १९ खोप समन्वय र अनुगमन समितिको माघ २ गतेको निर्णय अनुसार अग्रपङ्क्तिमा खटिएका सार्वजनिक सेवामा काम गर्नेलाई माघ ४ गते मंगलबार कोभिड -१९ विरुद्धको बुस्टर डोज खोप दारेचोक स्वास्थ्य चौकी र ट्रमा सेन्टर कुरिनटारमा दिइने जनाइएको छ।

    सुचना अनुसार कोभिड -१९ विरुद्ध २०७७ माघ १४ गते देखि चैत मसान्तसम्ममा पहिलो मात्रा लगाएर ६ महिना अगाडि दोस्रो मात्रा पुरा गरिसकेका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सरकारी र निजामती कर्मचारी, पत्रकार, सञ्चारकर्मी, सार्वजनिक फोहर सङ्कलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र बैंकिङ्ग सेवाका कर्मचारीहरुले बुस्टर डोज पाउनेछन् ।

    बुस्टर डोजमा खोप लगाउन जादाँ अनिवार्य रुपमा पहिलेको खोप कार्ड लिएर जानुपर्ने सुचनामा जनाएको छ ।