× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ६७३४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ५४७

    ३ वर्ष पहिले

    माघ-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ६१ हजार ९ सय ४९ जना पुगेको छ ।

    २४ घण्टामा १४ हजार १४ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७ सय ४७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५० लाख १८ हजार २ सय ४८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार ४ सय ५१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय ८७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ९१ हजार ४६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २९ हजार ७ सय ५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार १ सय ७२ जना रहेको छ।

    २४ घण्टामा ५ सय ४७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १६ हजार ९ सय ८५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.९३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ३९ जना र भेन्टिलेटरमा २६ जनाको उपचार भईरहेको छ।