× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    स्वस्थानी व्रतकथा र हामी – सुनिल उलक

    ३ वर्ष पहिले

    माघ-३, आज पौष शुक्ल पूर्णिमा आजबाट स्वस्थानी ब्रत कथाको ब्रतारम्भ तसर्थ स्वस्थानी सम्बन्धी केही तथ्यहरू यहाँ राख्दैछु । मसंग दुइवटा विद्यावारिधी गरेका थेसिसका कपीहरु छन् ।

    वि.स.१६३२ मा लेखिएको पहिलो स्वस्थानी व्रतकथा

    एउटा लिण्डा लुइस ईलटिसको जसले यूनिवर्सिटी ऑफ विस्कॉन्सिन मैडिसनबाट विद्यावारिधी गरेकी थिइन् । उनको विषय थियो – “स्वस्थानी व्रत: नेपालमा नेवा: महिला र संस्कार” । उनको विद्यावारिधीको विषयमा स्वस्थानी व्रतलाई नै प्राथमिकता दिइएको थियो । उनले सन १९८५ मा विद्यावारिधी गरेको करिव २५ वर्ष पछि जेस्सिका वान्थाइन बर्कन्होल्जले सिकागो यूनिवर्सिटीबाट स्वस्थानी ब्रतकथाको विषयमा विद्यावारिधी गरिन् । उनको विषय थियो – “स्वस्थानी व्रतकथा परम्परा: नेपालका हिन्दूहरुमा स्वयंको, स्थानको तथा पहिचानको परिवर्तन” ।

    वि.स.१८९३ देखि १९७९ बीच नेवारी संस्कृतिमा लेखिएको स्वस्थानी व्रतकथा

    यसरी लामो अन्तरालमा दुइ अमेरिकी महिलाले स्वस्थानी ब्रत र स्वस्थानी व्रतकथामा विद्यावारिधी गरे तापनि कुनै नेपालीले भने यो विषयलाई प्राथमिकता दिएर शोध गर्न चाहेको भेटिदैन । जेस्सिकाले भने पछि पुस्तक पनि छपाए Reciting The Goddess नामक पुस्तक बजारमा आएको पनि छ । यसरी दुइ विदेशी महिलाले नेपालमा मात्र प्रचलित स्वस्थानी ब्रतकथाको गहन अध्ययन गरेका थिए ।स्वस्थानी शव्दको अर्थ हो – स्व अर्थात आफ्नो तथा स्थान अर्थात ठाँउ हो । तसर्थ स्वस्थानी कथा भनेको आफ्नै ठाउँको वर्णित कथा हो । यसमा वर्णित देवी नेवा:हरुले पूज्ने अष्टमात्रिकाको रुप हो भने यसमा वर्णन गरिएको शहर लावण्य देश – साँखु हो । साथै यहि साँखुमा बस्ने एक महिला “गोमयजु” को जीवनका सुख दुख, आँसु हाँसो तथा सम्पन्नता विपन्नता बिच रुमल्लिएको कथा नै स्वस्थानीको कथा हो ।

    वि.स.१८९३ देखि १९०४ मा नेवारीमा लेखिएको स्वस्थानी व्रतकथा

    सबैभन्दा पुरानो स्वस्थानीको कथा भने करिव ४५० वर्ष अगाडि नेपाल सम्वत ६९३ (बि.सं. १६२९) मा हस्तलिखित संस्कृतमा नेवारी भाषामा मिसाएर लेखिएको राष्ट्रिय अभिलेखालयमा सुरक्षित राखिएको छ । साथै सो समय यो ब्रत केवल २ दिन १ रात अर्थात केवल दुइ दिनको हुने देखिन्छ । तर यसको केवल ३० वर्ष पछि लेखिएको स्वस्थानी ब्रतकथामा भने ३० दिनको हुने वर्णन गरिएको छ । बि.सं. १६५९ देखि मात्र स्वस्थानी ब्रत ३० दिनको हुन थालेको भन्ने बुझ्न सकिन्छ । साथै यो नेवारी भाषामा मात्र लेखिएको थियो । यसरी नेवा:हरु बिच स्वस्थानी ब्रतकथा ब्यापक हुन थाले पछि बि.सं. १७३० माघ शुक्ल पञ्चमीका दिन कान्तीपुरका राजा प्रताप मल्लले मखन तानाबहा:मा पहिलो पटक स्वस्थानीको मुर्ति स्थापना गराएका थिए । शुरुका स्वस्थानी आठ पन्नाको ताडको पातमा लेखिएको थियो भने पछि यो बिस्तृत भएर करिव ४०० पन्नाको मोटो किताव बनेको थियो ।

    नेपाल सम्वत् १००८मा प्रचलित नेवारी लिपिमा लेखिएको स्वस्थानी व्रतकथा

    शुरुका करिव २०० वर्षसम्म केवल नेवारी भाषा मात्र प्रयोग भएको भेटिएको छ । साथै यसको कथामा पनि समय समयमा फेरबदल भइरहेको पनि पाइन्छ । स्वस्थानीको मूलकथा महाभारतको स्कन्द पुराणमा रूमल्लिएको छ । यहि स्कन्द पुराणमा रहेको केदार खण्डलाई नै केन्द विन्दु बनाएर यो कथा लेखिएको छ । पुराणका कथामा प्रमुख पात्र भने स्थानिय बिभिन्न नाममा राखिएको छ । यस कथा भित्र मुख्य पात्र गोमयजु नै हुन् । नेपाली अनुवाद गरिदा गोमा ब्राम्हणीको रुपमा लेखिएको छ । दोश्रो गोमयजुको छोरा नवराज र तेश्रो नवराजकी श्रीमती चन्द्रावती । तीन पात्र संगै तीन चरित्र रहेको छ । गोमयजु शान्त जस्तै दुखमा पनि नआत्तिने, नवराज आमाको आज्ञाकारी सुपुत्र जसको असल चरित्रले गर्दा पछि राजा बन्छन् । तेश्रो चन्द्रावती स्वार्थी स्वभावको । केवल सुखभोग गर्न चाहने । लोभ, लालच र घमण्डले गर्दा निकै दुख पाए ।

    नेपाल सम्वत् ९९३मा देवनागरी नेवारी लिपिमा लेखिएको स्वस्थानी व्रतकथा

    यस कथाको मुख्य विषयवस्तु नै महिला केन्द्रित रहेको छ । यसमा पनि मुख्य विवाह पछि पतिको घरलाई स्विकार्नुपर्ने तथा नयाँ घरमा जस्तै विषम परिस्थिती रहे तापनि खुशीसंग रहनु पर्छ भन्ने देखाइएको छ । गोमयजुले विवाह पछि पुगेको पति शिवदत्तको घरको दयनिय अवस्था र चन्द्रावतीले विवाह पछि पुगेको पति नवराजको घरमा खासै धेरै फरक देखिदैन । दुबै गरिव थिए । साथै धनी घर र सुखसयलमा हुर्किएका गोमा र चन्द्रावती थिए ।

    सस्कृति र प्रचलित नेवारी लिपिमा लेखिएको स्वस्थानी व्रतकथा

    आखिर को हुन् त गोमयजु वा को हुन त नवराज भन्ने प्रश्न हामी स्वस्थानी पढ्ने हरेकमा खुलदुली हुने गर्दछ । के यि पात्र केवल काल्पनिक हुन वा कुनै राजनैतिक चरित्रलाई लिएर लेखिएका हुन् । स्वस्थानी ब्रत कथा के साँच्चै पौराणिक कथा हो त ? के यसको सम्बन्ध महाभारतसंग छ ? के यसमा हरेक अध्यायमा भनिए जस्तो कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि अर्थात कुमारले भन्ने र अगस्त्य मुनिले लेखेकै हो त ? यि सबै अनुत्तरित प्रश्नहरू छन् । सबै भन्दा महत्वपूर्ण यो केवल नेपालमा मात्र पढिन्छ । यसमा लेखिएका पिठहरू पौराणिक कथाहरू संग मिल्दैन ।

    प्रचलित नेवारी लिपिमा लेखिएको स्वस्थानी व्रतकथा

    यो कथामा महिला माथि अन्याय भएको बढी देखिन्छ । तर महिलाको सहनशिलता र उसको धैर्यले गर्दा जीवनमा सुख सुविधा सबै प्राप्त हुन्छ । यस कथामा दैवी शक्तीको कथावस्तु देखाएर महिलालाई धैर्य गरेमा अवश्य फल प्राप्त हुने देखाइएको छ । यसको कथावस्तुले भगवानको छलकपटहरू देखाएको छ । भगवान माथी प्रश्न चिन्ह लगाईएको छ । भगवान सम्पूर्ण रूपले पूर्ण होइन हामी मनुष्य झै स्वार्थी पनि हुने गर्छ भन्ने देखाइएको छ ।

    यसको ब्रत बस्दा सोचेको पुरा हुन्छ भनिन्छ । तर यसको दैवी शक्तिले होइन यसका कथा वस्तुले महिलामा आत्मविश्वास बृद्धी गर्छ । कार्यमा लगनशिलता बढाउँछ । जसले गर्दा आफ्नो लक्ष प्राप्ती गर्दछ ।

    यस स्वस्थानी ब्रतकथामा शाली नदीको वर्णन रहेको हुँदा शाली नदीमा ब्रत बस्ने तथा नुहाउनेहरुको भिड लाग्ने गर्दछ । तर पुराना स्वस्थानी कथामा भने कुनै पनि नदीको नाम उल्लेख गरिएको थिएन । करिव २०० वर्ष अगाडिबाट मात्र शाली नदीको उल्लेख गरिएको भेटिएको छ । तसर्थ शाली नदीमा ब्रत बस्ने चलन पनि बढीमा २०० वर्ष मात्र भएको अनुमान गरिएको छ । साथै यहि स्वस्थानी ब्रत आरम्भ हुने समय पौष शुक्ल पूर्णिमाको दिनबाट दुइ जात्रा दुइ ठाउँमा लाग्ने गर्दछ । चाँगुनारायणमा चाँगुनारायण जात्रा तथा साँखुमा माधवनारायण जात्रा । यो दुबै जात्रालाई धेरै पुरानो जात्रा मानिदैन । माधवनारायणको कठिन एक महिना लामो व्रत बस्ने गरिन्छ । सुनिल उलक सामाजिक अभियन्ता तथा ब्यबसायिक फोटोग्राफर हुनुहुन्छ।