× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तनहुँको आँबुखैरेनी गाउँपालिकाको सेवा प्रवाह बन्द हुने

    ३ वर्ष पहिले

    माघ-४, तनहुँको आँबुखैरेनीको गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारी र जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालयबाट प्रवाह गर्ने सेवा माघ ९ गतेसम्मको बन्द हुने भएको छ।

    गाउँपालिका कार्यालयले आज जारी गरेको सुचनामा कार्यालयमा कार्यरत कर्मचारी र जनप्रतिनिधिमा गरेर १३ जनालाई मंगलबार कोरोना पुष्टि भएको जनाएको छ ।

    कार्यालयका कर्मचारीलाई नै कोरोना भएपछि समुदायमा फैलने खतरा भएकाले भिडभाड नहोस् भनेर पाँच दिन गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेका गाउँपालिका अध्यक्ष थापाले बताएका छन्।

    अत्यावश्यक सेवा भने बन्द नहुने र वडा कार्यालयबाट प्रवाह हुने सेवा नियमित हुने उनले जानकारी दिए ।

    आँबुखैरेनी गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । स्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित रहन गाउँपालिकाले अनुरोधसमेत गरेको छ ।