× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मनकामना मन्दिर प्रवेशमा रोक, बाहिरबाट भने दर्शन गर्ने सक्ने

    ३ वर्ष पहिले

    माघ-५, कोरोनाको जोखिम बढेसँगै गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिर भित्र भक्तजन प्रवेशका लागि रोक लगाइएको छ ।

    सरकारबाट नित्यपुजा, ध्यान, प्रार्थना मात्रै गर्नु र अन्य पुजापाठका काम नगर्नु भन्ने परिपत्र आएसँगै भिडभाड नियन्त्रण गर्न मंगलवार बसेको मनकामना क्षेत्र बिकास समितिको बैठकले बिहिवारदेखि मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।

    मन्दिर प्रवेशमा रोक लगाइएपनि मनकामना पुगेका भक्तजनले मन्दिर बाहिरबाट दर्शन गर्न भने पाउनेछन् । मसान्त सम्म मन्दिरमा नित्य पुजा मात्र हुने छ ।

    मनकामना सम्म जाने मनकामना दर्शन प्रालीले संचालन गरेको केबलकार भने बन्द नहुने भएको छ । ‘तत्कालका लागि केबलकार बन्द गर्ने योजना छैन’ नायव महाप्रबन्धक उज्वल शेरचनले भने । मनकामनाका स्थानीयलाई आउजाउ गर्न, मन्दिर बाहिरबाट पुजापाठ गर्ने भक्तजनको सजिलाका लागि पनि केबलकार भने नियमित चल्नेछ । मनकामनाका स्थानीय ब्यापारी ब्यवशायीले बजारक्षेत्र भने चलायमान राख्नुपर्ने बताउँदै आएका छन् ।