× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अधिकांश प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने

    ३ वर्ष पहिले

    माघ-५, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।जसले गर्दा देशको अधिकांश प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

    हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा आन्शिक बदली को अवस्था रहेको छ । तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको छ।

    आज दिउँसो सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

    यस्तय राति देशको पहाडी भू-भाग लगायत लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ।सुदूर पश्चिम प्रदेश , कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।