× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा ३७३ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १४८९

    ३ वर्ष पहिले

    माघ-५, चितवनमा कोरोना संक्रमितको संख्या मा दिनप्रतिदिन बढ्दै गईरहेको छ। पछिल्लो २४ घण्टामा ३ सय ७३ जना सक्रिय संक्रमित थपिएका छन् भने ११ जना संक्रमित मात्रै संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ७ सय ५९ जनाको पिसिआर परीक्षण गर्दा २ सय ९२ जना र १ सय ४० जनाको एन्टिजेन परिक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएका मध्ये भरतपुर महानगरपालिकाको ३ सय २७, खैरहनी नगरपालिकाको २३ , माडी नगरपालिकाको ३, रत्ननगर नगरपालिकाको १० , राप्ती नगरपालिकाको ३, कालिका नगरपालिकाको ४ र ईच्छाकामना गाउँपालिकाको ३ जना गरी जम्मा ३ सय ७३ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ८९ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको १ हजार २ सय ४६, खैरहनी नगरपालिकाको ५७ , माडी नगरपालिकाको १८, रत्ननगर नगरपालिकाको ९२, राप्ती नगरपालिकाको ३४, कालिका नगरपालिकाको २६ र ईच्छाकामना गाउँपालिकाको १६ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ४६ जना विभिन्न अस्पतालको आइसोलेसनमा र १ हजार ४ सय ४३ जना घरको आइसोलेसनमा रहेका छन्।