× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि

    ३ वर्ष पहिले

    माघ-६, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।तर ग्यासको भाउ भने यथावत राखेको छ।

    निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्ये ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलाेलिटर १०० डलरले बढेर ९९५ पुगेकाे छ ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले अझै कारोबारी घाटामा रहेको बताएको छ । पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा रु एक अर्ब ८८ करोड घाटा हुने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।