× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा ३२२ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १८००

    ३ वर्ष पहिले

    माघ-६, चितवनमा कोरोना संक्रमितको संख्यामा तिव्र गतिमा बढ्दै गईरहेको छ। पछिल्लो २४ घण्टामा ३ सय २२ जना सक्रिय संक्रमित थपिएका छन् भने ११ जना संक्रमित मात्रै संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ६ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा २ सय २७ जना र १ सय ९५ जनाको एन्टिजेन परिक्षण गर्दा ९५ जनामा कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएका मध्ये भरतपुर महानगरपालिकाको २ सय ६३, खैरहनी नगरपालिकाको १६ , माडी नगरपालिकाको १५, रत्ननगर नगरपालिकाको १५ , राप्ती नगरपालिकाको ७, कालिका नगरपालिकाको २ र ईच्छाकामना गाउँपालिकाको ४ जना गरी जम्मा ३ सय २२ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या १ हजार ८ सय जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको १ हजार ४ सय ९८, खैरहनी नगरपालिकाको ७३ , माडी नगरपालिकाको ३३, रत्ननगर नगरपालिकाको १ सय ७, राप्ती नगरपालिकाको ४१, कालिका नगरपालिकाको २८ र ईच्छाकामना गाउँपालिकाको २० जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ४४ जना विभिन्न अस्पतालको आइसोलेसनमा र १ हजार ७ सय ५६ जना घरको आइसोलेसनमा रहेका छन्।