× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहाडी भेगमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको संभावना

    ३ वर्ष पहिले

    माघ-७, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिम वायुको प्रभावका कारण पहाडी भू-भागमा हल्का वर्षा र पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

    हाल देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा/हिमपात भईरहेको छ ।

    आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

    यस्तै राती देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा सामान्यतया सफा देखी आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।