× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन नारायणगढ सडकखण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध

    ३ वर्ष पहिले

    माघ-७, मुग्लिन नारायणगढ सडकखण्डमा सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको छ।

    ट्राफिक कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ अन्तर्गत नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भनिने स्थानमा राति अन्दाजी २:३० बजे माथीबाट सुख्खा पहिरो झरी दुबै तर्फ बाटो अवरोध भएको हो ।

    दुईवटा लोडरको सहायताबाट पहिरो पन्छाउने कार्य भइरहेको र पहिरो हटाउन करिब ३ घण्टा जत्ति समय लाग्ने ट्राफिक कार्यालय मुग्लिनले हाईवे समाचारलाई जानकारी दिएको छ।