× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १०७०३ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ६५३७४ पुग्यो

    ३ वर्ष पहिले

    माघ-७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख ६ हजार ५ सय ९१ जना पुगेको छ ।

    २४ घण्टामा १८ हजार ६ सय १८ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ८ सय १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५० लाख ९३ हजार ८ सय २३ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार ४ सय ७४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७ सय ६६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख १२ हजार २ सय ९७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३ सय ७४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६३ हजार ७ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ६ सय ४९ जना रहेको छ।

    २४ घण्टामा ७ सय ६६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १९ हजार ५ सय ७५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८१.४२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३५ जना पुगेको छ ग।।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ५४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ९४ जना र भेन्टिलेटरमा ३५ जनाको उपचार भईरहेको छ।