× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा एकैदिन ९४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २८६१

    ३ वर्ष पहिले

    माघ-९, चितवनमा पछिल्लो २४ घण्टामा ९४ जना कोरोना संक्रमित थपिएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा १ सय ७७ जनाको पिसिआर परीक्षण ९४ कोरोना पुष्टि भएका छ जसमध्ये भरतपुर महानगरपालिकाको ७५, खैरहनी नगरपालिकाको १ , माडी नगरपालिकाको शुन्य, रत्ननगर नगरपालिकाको ९ , राप्ती नगरपालिकाको ६, कालिका नगरपालिकाको १ र ईच्छाकामना गाउँपालिकाको २ जना गरी जम्मा ९४ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ६१ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको २ हजार २ सय ५०, खैरहनी नगरपालिकाको १ सय ८ , माडी नगरपालिकाको ७५, रत्ननगर नगरपालिकाको २ सय ४६, राप्ती नगरपालिकाको ८६, कालिका नगरपालिकाको ४० र ईच्छाकामना गाउँपालिकाको ५३ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ४२ जना विभिन्न अस्पतालको आइसोलेसनमा र २ हजार ८ सय १९ जना घरको आइसोलेसनमा रहेका छन्।