× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा मध्यम र बाँकी प्रदेशमा हल्का वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    माघ-१०, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा मध्यम र बाँकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ।

    सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहेको छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखी मध्यम वर्षा/हिमपात भइरहेको छ।

    आज दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्यतया बदलीको सम्भावना रहेको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

    यस्तै राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।