× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा एकैदिन ५८३ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३३९०

    ३ वर्ष पहिले

    माघ-१० चितवनमा पछिल्लो २४ घण्टामा ५ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् भने ५४ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ५ सय ७५८जनाको पिसिआर परीक्षण ३ सय ४६ र ४ सय १३ एन्टिजन परीक्षण गर्दा २ सय३७ कोरोना पुष्टि भएका छ जसमध्ये भरतपुर महानगरपालिकाको ३ सय ८०, खैरहनी नगरपालिकाको ४६, माडी नगरपालिकाको २३, रत्ननगर नगरपालिकाको ६३, राप्ती नगरपालिकाको ४२, कालिका नगरपालिकाको २० र ईच्छाकामना गाउँपालिकाको ९ जना गरी जम्मा ५ सय ८३ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९० जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको २ हजार ५ सय ६०, खैरहनी नगरपालिकाको १ सय ५३ , माडी नगरपालिकाको ९८, रत्ननगर नगरपालिकाको ३ सय ४, राप्ती नगरपालिकाको १ सय २६, कालिका नगरपालिकाको ८६ र ईच्छाकामना गाउँपालिकाको ६३ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ४१ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ३ हजार ३ सय ४९ जना घरको आइसोलेसनमा रहेका छन्।