× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा ३२५ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३६१९

    ३ वर्ष पहिले

    माघ-११, चितवनमा पछिल्लो २४ घण्टामा ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन् भने ९६ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको पिसिआर परीक्षण १ सय ९७ र २ सय १० एन्टिजन परीक्षण गर्दा १ सय२९ कोरोना पुष्टि भएका छ जसमध्ये भरतपुर महानगरपालिकाको २ सय ३३, खैरहनी नगरपालिकाको १३, माडी नगरपालिकाको २१, रत्ननगर नगरपालिकाको ४१, राप्ती नगरपालिकाको ५, कालिका नगरपालिकाको ७ र ईच्छाकामना गाउँपालिकाको ६ जना गरी जम्मा ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय १९ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको २ हजार ७ सय १३, खैरहनी नगरपालिकाको १ सय ६०, माडी नगरपालिकाको १ सय १७, रत्ननगर नगरपालिकाको ३ सय ४१, राप्ती नगरपालिकाको १ सय २६, कालिका नगरपालिकाको ९३ र ईच्छाकामना गाउँपालिकाको ६९ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ४० जना विभिन्न अस्पतालको आइसोलेसनमा र ३ हजार ५ सय ७९ जना घरको आइसोलेसनमा रहेका छन्।