× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा २८२ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

    ३ वर्ष पहिले

    माघ-१३, चितवनमा पछिल्लो २४ घण्टामा २ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् भने १ सय ४१ जना संक्रमित निको भएको छ।त्यसैगरी कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ५ सय जनाको पिसिआर परीक्षण १ सय ७८ र २ सय ३० एन्टिजन परीक्षण गर्दा १ सय ४ जनामा कोरोना पुष्टि भएका छ ।

    जसमध्ये भरतपुर महानगरपालिकाको १ सय ६७, खैरहनी नगरपालिकाको १८, माडी नगरपालिकाको २८, रत्ननगर नगरपालिकाको ४२, राप्ती नगरपालिकाको १३, कालिका नगरपालिकाको ९ र ईच्छाकामना गाउँपालिकाको ५ जना गरी जम्मा २ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ९९ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको २ हजार ८ सय ५९, खैरहनी नगरपालिकाको १ सय ७५, माडी नगरपालिकाको १ सय ५३, रत्ननगर नगरपालिकाको ३ सय ९४, राप्ती नगरपालिकाको १ सय ३९, कालिका नगरपालिकाको १ सय १ र ईच्छाकामना गाउँपालिकाको ७० जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ४२ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ३ हजार ८ सय ५७ जना घरको आइसोलेसनमा रहेका छन्।