× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ६८२७ संक्रमित थपिँदा १० जनाको मृत्यु

    ३ वर्ष पहिले

    माघ-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख ६८ हजार ९ सय ३२ जना पुगेको छ ।

    २४ घण्टामा १३ हजार ७ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार ८ सय ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५१ लाख ९९ हजार ४ सय ९५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ६ हजार ७८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ हजार २० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख ५३ हजार ३ सय ९५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ९ सय ४१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ८८ हजार ८४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ८ सय ५७ जना रहेको छ।

    २४ घण्टामा ५ हजार ४ सय ३२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ४२ हजार ४ सय ३६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७८.८१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १० जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ९७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ३९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ५६ जना र भेन्टिलेटरमा ४५ जनाको उपचार भईरहेको छ।