× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३५४० संक्रमित थपिए, निको हुनेको संख्या ६३५९

    ३ वर्ष पहिले

    माघ-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख ७७ हजार ३ सय ७६ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ९ सय १० जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५२ लाख १९ हजार ५ सय ६ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार २ सय ३५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ सय ९१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख ५६ हजार ६ सय ३० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९ सय ९९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ८२ हजार ३ सय ६९ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ६ सय ३० जना रहेको छ।

    २४ घण्टामा ६ हजार ३ सय ५८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ५४ हजार ७ सय १९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७९.३३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ १२ गते देखि १६ गतेसम्म अधावधिक नगरेको विवरण सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ३९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ८५ जना र भेन्टिलेटरमा ५१ जनाको उपचार भईरहेको छ।