× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ५२९२ संक्रमित थपिए, निको हुनेको संख्या ८१९१

    ३ वर्ष पहिले

    माघ-१७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख ८२ हजार ६ सय ६८ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ३ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ४ सय ७२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५२ लाख २९ हजार ८ सय ७४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ५ हजार ७ सय २० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार ८ सय २० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख ६६ हजार ८ सय ११ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७९ हजार २ सय ७२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७७ हजार ६ सय ६५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ६ सय ७ जना रहेको छ।

    २४ घण्टामा ८ हजार १ सय ९१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ६२ हजार ८ सय ९८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७९.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ८ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ४३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ४१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ८८ जना र भेन्टिलेटरमा ५० जनाको उपचार भईरहेको छ।