× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ५५८३ संक्रमित थपिए, निको हुनेको संख्या ८२६७

    ३ वर्ष पहिले

    माघ-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ८३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख ८८ हजार २ सय ५१ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ७ सय ७६ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ६ सय ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५२ लाख ४० हजार ६ सय ५० जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ६ हजार ८ सय ९८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार ९ सय २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख ७३ हजार ७ सय ९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६ सय ५४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७३ हजार १ सय ७८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ४ सय ७५ जना रहेको छ।

    २४ घण्टामा ८ हजार २ सय ६७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ७१ हजार १ सय ६५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८०.०५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ९ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ५२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ३७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ७९ जना र भेन्टिलेटरमा ५० जनाको उपचार भईरहेको छ।