× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अफ्रिकी राष्ट्र मरिससमाथि नेपालको लगातार दोस्रो जित

    ३ वर्ष पहिले

    माघ-१८,नेपाली राष्ट्रिय फुटबल टिमले अफ्रिकी राष्ट्र मरिससमाथि लगातार दोस्रो जित दर्ता गर्न सफल भएको छ।

    मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १-० गोल अन्तरले हराएको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तनावपूर्ण खेलमा नेपाललाई जित दिलाउन खेलको १० औँ मिनेटमा सुजल श्रेष्ठले निर्णायक गोल गरे ।

    यता, खेलको १३ औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीले पेनाल्टी नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाएका थिए।मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार व्यहोर्यो ।

    नेपालका दिनेश राजवंशीले लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो।

    त्यस बाहेक दुबै टोलीले पाएको अन्य अवसरमा गोल गर्न सकेनन् ।

    यस जितसँगै नेपालले मरिससविरुद्ध लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको थियो ।