× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ४०, सक्रिय संक्रमितको संख्या ४०७७

    ३ वर्ष पहिले

    माघ-२०, चितवनमा पछिल्लो २४ घण्टामा ४० जना कोरोना संक्रमित थपिएका छन् भने ३ सय ४० जना संक्रमित निको भएको छ। त्यसैगरी कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ३ सय २९ जनाको पिसिआर परीक्षण गर्दा ३७ जना र ५ जनको एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएका छ ।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको ३२, खैरहनी नगरपालिकाको १, माडी नगरपालिकाको १, रत्ननगर नगरपालिकाको ३, राप्ती नगरपालिकाको ३, कालिका नगरपालिकाको शुन्य र ईच्छाकामना गाउँपालिकाको शुन्य गरी जम्मा ४० जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ४ हजार ७७ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको २ हजार ७ सय ९४, खैरहनी नगरपालिकाको २ सय २२, माडी नगरपालिकाको २ सय २०, रत्ननगर नगरपालिकाको ५ सय ९, राप्ती नगरपालिकाको १ सय ७१, कालिका नगरपालिकाको १ सय ७ र ईच्छाकामना गाउँपालिकाको ५४ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ४१ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ४ हजार ३६ जना घरको आइसोलेसनमा रहेका छन्।