× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३६३७ संक्रमित थपिए, निको हुनेको संख्या ८७२३

    ३ वर्ष पहिले

    माघ-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख ९५ हजार ६३ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार २६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७ सय ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५२ लाख ५७ हजार १ सय ७५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ५ सय ७९जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख ७८ हजार ७ सय ९२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार २ सय ९६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६१ हजार ८ सय ६२ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ४ सय ३४ जना रहेको छ।

    २४ घण्टामा ८ हजार ७ सय २३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ८७ हजार ४ सय ४३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८१.०४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १४ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ७८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ३८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ८१ जना र भेन्टिलेटरमा ५९ जनाको उपचार भईरहेको छ।