× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    हिमपातका कारण त्रिभुवन राजपथमा यातायात अवरुद्ध

    ३ वर्ष पहिले

    माघ-२१,गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले शुक्रबार बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ।

    त्रिभुवन राजपथमा यातायात अवरुद्ध भए पनि पूर्वपश्चिम राजमार्ग र भीमफेदी–कुलेखानीतर्फ यातायात सेवा आज बिहानैदेखि सञ्चालन भइरहेको जनाएको छ।

    सडक डिभिजन कार्यालय मकवानपुर र थाहा नगरपालिकासँग समन्वय गरेर हिउँ पन्छाउने कार्य गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।