× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    वर्षा तथा हिमपातका कारण देशको विभिन्न राजमार्ग अवरुद्ध

    ३ वर्ष पहिले

    माघ-२१, गए रातिदेखि परेको वर्षा तथा बाक्लो हिमपातका कारण देशका विभिन्न राजमार्ग तथा सडक अवरुद्ध हुन पुगेको छ।

    बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ। राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ।

    यसैगरी डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग पनि हिमपातका कारण अवरुद्ध भएको छ।

    सोलुखुम्बुको सदरमुकाम सल्लेरी लगायतका ठाउँमा हिमपात हुँदा यातायात अवरूद्ध हुन पुगेको छ ।

    त्यस्तै बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, सतबाँझ क्षेत्रमा भएको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोड्पे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध भएकाे जिल्ला प्रहरी बैतडीले जनाएको छ।

    यस्तै मकवानपुरको थाहा नगरपालिका र भीमफेदी गाउँपालिका-९ मा बाक्लो हिमपात भएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।