× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २५२६ संक्रमित थपिए, निको हुनेको संख्या ८४२५

    ३ वर्ष पहिले

    माघ-२१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख ९७ हजार ५ सय ८९ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ६ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय २ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५२ लाख ६३ हजार ८ सय ३० जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार ४ सय १८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख ८५ हजार ७ सय ८९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५५ हजार ९० रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ३ सय ६७ जना रहेको छ।

    २४ घण्टामा ८ हजार ४ सय २५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ९५ हजार ८ सय ६८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८१.६२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १६ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ३३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ४३ जना र भेन्टिलेटरमा ५१ जनाको उपचार भईरहेको छ।