× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण देशको केही स्थानमा हल्का वर्षाको संभावना

    ३ वर्ष पहिले

    माघ-२२, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकोले देशको केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

    हाल प्रदेश १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली भई केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

    यस्तै राती प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।