× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १७१४ संक्रमित थपिए, निको हुनेको संख्या ४७७१

    ३ वर्ष पहिले

    माघ-२२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय १४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख ९९ हजार ३ सय ३ ेेेेेेेेेेेेेेेेेेेेेेेेेेजना पुगेको छ ।

    २४ घण्टामा ५ हजार २ सय २५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५२ लाख ६९ हजार ५५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार २ सय ८८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ सय ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख ८९ हजार ७७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ७ सय ८० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५१ हजार ४ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ३ सय ४६ जना रहेको छ।

    २४ घण्टामा ४ हजार ७ सय ७१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६ सय ३९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८१.९२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ९ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ३१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ५१ जना र भेन्टिलेटरमा ४९ जनाको उपचार भईरहेको छ।