× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

    ३ वर्ष पहिले

    माघ-२२, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

    माघ २१ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार माघ २ र ३ गते सञ्चालन भको ग्रेडवृद्धि (पूरक) परीक्षार्थीको परीक्षाफल प्रकाशित गरिएको बोर्ड परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । ग्रेडवृद्धि परीक्षामा सम्मिलित ४२ हजार ४७ मध्ये ४ जनाको परीक्षा रद्द भएको छ भने बाँकी परीक्षार्थीको नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ ।

    ग्रेडवृद्धिको नतिजा बोर्ड र नेपाल टेलिकमको वेबसाइटका साथै नेपाल टेलिकमको १६०० मा एसएमएस र १६०१ नम्बरमा डायल गरेर प्राप्त गर्न सकिनेछ ।