× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा कोरोना संक्रमितको संख्या घट्दै पछिल्लो २४ घण्टामा १३ संक्रमित थपिए

    ३ वर्ष पहिले

    माघ-२३, चितवनमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित थपिदा ४ सय ६८ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ८६ जनाको पिसिआर परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएका छन् भने १ जनाको मृत्यु भएको छ।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको ९ खैरहनी नगरपालिकाको शुन्य, माडी नगरपालिकाको २, रत्ननगर नगरपालिकाको १, राप्ती नगरपालिकाको शुन्य, कालिका नगरपालिकाको १ र ईच्छाकामना गाउँपालिकाको शुन्य गरी जम्मा १३ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ८८ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको १ हजार ९ सय १७, खैरहनी नगरपालिकाको १ सय ८३, माडी नगरपालिकाको २ सय ९, रत्ननगर नगरपालिकाको ४ सय ५, राप्ती नगरपालिकाको १ सय ३८, कालिका नगरपालिकाको ८७ र ईच्छाकामना गाउँपालिकाको ३९ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ४१ जना विभिन्न अस्पतालको आइसोलेसनमा र २ हजार ९ सय ४७ जना घरको आइसोलेसनमा रहेका छन्।