× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १३८६ संक्रमित थपिए, निको हुनेको संख्या ८७०४

    ३ वर्ष पहिले

    माघ-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ६ सय ८६ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ४ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १ सय ८३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५२ लाख ७५ हजार ४ सय ९८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ८ सय ८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख ९१ हजार ८ सय ८५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार २ सय ४८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४३ हजार ९ सय ३२ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ३ सय १६ जना रहेको छ।

    २४ घण्टामा ८ हजार ७ सय ४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ९ हजार ३ सय ४३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८२.६१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय १४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ३१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ६९ जना र भेन्टिलेटरमा ४६ जनाको उपचार भईरहेको छ।