× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पश्चिमी वायुको सामान्य प्रभाव, प्रदेश नं १ को पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    माअ_२४,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले प्रदेश नं १ को पहाडी भू-भागमा हल्का वर्षा को सम्भावना रहेको छ।हाल पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रहेको छ ।

    दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षा को सम्भावना देखिन्छ ।

    यस्तै राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षा को सम्भावना देखिन्छ ।