× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

    ३ वर्ष पहिले

    माघ-२४, सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा बैशाख ३० गते गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

    प्रधानमन्त्री शेरबहादुर देउवाले हिजोमात्रै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय चुनाव, एमसीसीलगायत विषयमा छलफल गरेका थिए।

    प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बैशाख ३० गते निर्वाचन गर्ने निर्णय गरिएको जानकारी दिए। यसअघि सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको थियो।