× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पश्चिमी वायुको सामान्य प्रभाव -प्रदेश नं १ मा हल्का वर्षा,पुर्वी तथा पश्चिमी भूभागको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात

    ३ वर्ष पहिले

    माघ-२५,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण प्रदेश नं १ मा हल्का वर्षा,पुर्वी तथा पश्चिमी भूभागको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही तराईका केही भू-भागहरूमा हुस्सु,कुहिरो रहेको छ।

    आज दिउँसो प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना छ ।