× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा ५१ संक्रमित थपिए,निको हुनेको संख्या ५८५

    ३ वर्ष पहिले

    माघ-२५, चितवनमा पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमित थपिदा ५ सय ८५ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३१ जनाको पिसिआर परीक्षण गर्दा ३८ जना र ४१ जनाको एन्टीजेन परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको ३२, खैरहनी नगरपालिकाको २, माडी नगरपालिकाको ८, रत्ननगर नगरपालिकाको ५, राप्ती नगरपालिकाको १, कालिका नगरपालिकाको २ र ईच्छाकामना गाउँपालिकाको १ जना गरी जम्मा ५१ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय १९ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको १ हजार ५ सय २९,खैरहनी नगरपालिकाको १ सय ४७, माडी नगरपालिकाको २ सय ३, रत्ननगर नगरपालिकाको ३ सय ४८, राप्ती नगरपालिकाको १ सय ९५, कालिका नगरपालिकाको ६९ र ईच्छाकामना गाउँपालिकाको २८ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ३७ जना विभिन्न अस्पतालको आइसोलेसनमा र २ हजार ३ सय ८२ जना घरको आइसोलेसनमा रहेका छन्।