× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश नं १ मा हल्का देखि मध्यम वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    माघ-२६, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश नं १ मा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भु-भाग लगायत बांकी पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ र अन्य भू-भागमा मौसम सामान्यतयस सफा रहेको छ।

    आज दिउँसो देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश का धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावना छ ।

    यस्तै राती सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत बागमती र प्रदेश नं १ को पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली तथा बाकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बागमती तथा प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।