× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा ५० संक्रमित थपिए,निको हुनेको संख्या ३२३

    ३ वर्ष पहिले

    माघ-२५, चितवनमा पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमित थपिदा ४ सय १७ जना संक्रमित निको भएको छ। त्यसैगरी २ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ४ सय १७ जनाको पिसिआर परीक्षण गर्दा ४३ जना र २८ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको ३४, खैरहनी नगरपालिकाको ५, माडी नगरपालिकाको ६, रत्ननगर नगरपालिकाको ३, राप्ती नगरपालिकाको १, कालिका नगरपालिकाको १ र ईच्छाकामना गाउँपालिकाको शुन्य गरी जम्मा ५० जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या २ हजार १ सय ४४ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको १ हजार ३ सय ३३,खैरहनी नगरपालिकाको १ सय ३९, माडी नगरपालिकाको १ सय ८७, रत्ननगर नगरपालिकाको ३ सय ९, राप्ती नगरपालिकाको ९१, कालिका नगरपालिकाको ६१ र ईच्छाकामना गाउँपालिकाको २४ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ३५ जना विभिन्न अस्पतालको आइसोलेसनमा र २ हजार १ सय ९ जना घरको आइसोलेसनमा रहेका छन्।