× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २४०१ संक्रमित थपिए, निको हुनेको संख्या ७७७७

    ३ वर्ष पहिले

    माघ-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय १ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ६ हजार ६ सय १७ जना पुगेको छ ।

    २४ घण्टामा ११ हजार ६ सय ३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १ सय ८ सय ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५३ लाख ३ हजार ५ सय ६२ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार ७ सय ५३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५ सय ५० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ४ हजार २ सय ३४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ४१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २९ हजार १ सय १७ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार १ सय २४ जना रहेको छ।

    २४ घण्टामा ७ हजार ७ सय ७७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख २८ हजार ३ सय ६९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८३.८९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १४ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ५२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ३३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ४२ जना र भेन्टिलेटरमा ४२ जनाको उपचार भईरहेको छ।