× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा २३ संक्रमित थपिए,निको हुनेको संख्या ३२३

    ३ वर्ष पहिले

    फागुन-२,चितवनमा पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिदा ३ सय २३ जना संक्रमित निको भएको छ। यस्तै कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ५ सय २७ जनाको पिसिआर परीक्षण गर्दा १८ जना र ३० जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको ८, खैरहनी नगरपालिकाको ५, माडी नगरपालिकाको २, रत्ननगर नगरपालिकाको ४, राप्ती नगरपालिकाको १, कालिका नगरपालिकाको ३ र ईच्छाकामना गाउँपालिकाको शुन्यगरि जम्मा २३ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ९ सय ५१ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ५ सय ४३,खैरहनी नगरपालिकाको ७०, माडी नगरपालिकाको १ सय २, रत्ननगर नगरपालिकाको १ सय ५९, राप्ती नगरपालिकाको ४७, कालिका नगरपालिकाको २६ र ईच्छाकामना गाउँपालिकाको ४ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये २५ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ९ सय २६ जना घरको आइसोलेसनमा रहेका छन्।