× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ७४७ संक्रमित थपिए, निको हुनेको संख्या २३१९

    ३ वर्ष पहिले

    फागुन-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ११ हजार २ सय १८ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार २ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ८२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५३ लाख ४६ हजार ४ सय ६५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ४ सय १७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख १९ हजार ६ सय ६५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७ सय ३९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १९ हजार ९ सय ३० रहेको छ भने संस्थागत आइसोलेसनमा ८ सय ९ जना रहेको छ।

    २४ घण्टामा २ हजार ३ सय १९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ४० हजार ९ सय २ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.६७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ८ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ७८ जना र भेन्टिलेटरमा ३४ जनाको उपचार भईरहेको छ।