× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भु-भागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

    ३ वर्ष पहिले

    फागुन-३,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भु-भागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

    हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका केहि भूभागमा हुस्सु लागेको छ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भु-भागका एक-दुई स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यय राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।